गोकर्णेश्वर देखि सुन्दरिजलसम्मको सडक अनिश्चितकालका लागि बन्द

साउन २४, काठमाडौँ – काठमाण्डौबाट नजिकै पर्ने गोर्कर्णस्वर नगरपालिका जहाँ मातातिर्थको मन्दिर पनि त्यहि रहेको छ, बर्षमा हजारौ भक्तजन त्यस ठाउमा दर्शनको लागि आउने गर्दछन ।  मान्छेले सोच्दा हुन, त्यहाँ जादा सडक त  धेरै राम्रो छ होला सहज नै पुग्न सकिने छ तर तपाइँ गलत सोच्दै हुनुहुन्छ ।   गोर्कर्णस्वर मन्दिर देखि मेलम्ची सम्म जोडीएको त्यो सडक  देख्दा लाग्छ   नगरपालिकाको सडक हैन  कुनै दुर्गम बिकट जिल्लाको सडक जस्तो , रातदिन मेलम्ची जाने ठुला ठुला ट्रक त्यहि बाटो जाने  गरेका छन् ठुला ट्रक ले गर्दा सडक मा ठुला ठुला हाल्टाहरु परका छन्  त्यस्तो हुदा पनि मर्मत सम्भार  केहि नगर्ने भएपछि त्यहाँको सडकबाट स्थानीय बासिन्दा धेरै मर्कामा परेका छन् ।

पटक पटक सडक बिभागलाइ  खबर गर्दा कुनै चासो नदेखाए पछि त्यहाँका स्थानीय बासिन्दा र फाइभ स्टार युवा क्लबले आज देखि गोकर्णेश्वर देखि सुन्दरिजल सम्मको सडक अनिश्चितकालका लागि बन्द गरेका छन । त्यहाँ बाट प्रत्यक्ष र समानुपातिक बाट निर्बाचित भएका रामेश्वर फुयाललगाएतका सभासदलाइ जानकारी गराउदा पनि बेवास्था गरेपछि बाध्य भएर हामीले सडक बन्द गर्नु परेको त्यहाँका स्थानीयवासीन्दा सरोज बस्नेतले जानकरी दिनुभयो ।  बोलबमको उद्घाटन देखि लिएर बिभिन्न सभा समारोहमा जान  समय मिलाउन सक्नेले यता ध्यान नदिएको भन्दै  स्थानीयवासीले आक्रोस  व्यक्त गरेका छन  ।