सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प अर्को धक्का

 

साउन २४, काठमाडौँ – सिन्धुपाल्चोक केन्द्र बिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान ७ः५५ बजे सिुन्धुपाल्चोकको इचोक आसपास  केन्द्र बिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

वैशाख १२ गतेको बिनाशकारी भूकम्पपछि पराकम्पहरु कम हुँदै गइरहेका बेला आइतबार अर्को पराकम्प भएको हो । शनिबार मात्रै दोलखा र सिन्धुपाल्चोक केन्द्र बिन्दु भएर भूकम्पका दुई धक्का महसुस भएका थिए ।

केही कम हुँदै गएको पराकम्प पछिल्ला चार दिन लगातार गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।