लीबियामा शरणार्थी बोकेको डुंगा दुर्घटना, २५ को मृत्यु

साउन २१, काठमाडौं – लीबियामा शरणार्थी बोकेको डुंगा दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । डेढसय भन्दा बढी बेपत्ता छन् । इटलीको तटीय क्षेत्र तथा संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार ढुंगामा ६ सय जना सवार थिए । जसमध्ये २५ जनाको शव निकालिएको छ भने चार सय जनालाई जीवितै उद्धार गरिएको छ । अन्य बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको बीबीसीले जनाएको छ । २०१५ मा भूमध्यसागर पार गरेर यूरोप पुग्ने प्रयासमा रहेका मध्ये दुई हजार भन्दा बढी शरणार्थी भएका छन् ।उद्धारका लागि चार नौका र तीन हेलिकोप्टरको प्रयोग गरिएको छ ।