ओलम्पिक कमिटीको साधारणसभा आज, चुनाव अन्यौलमा

साउन २१, काठमाडौ – नेपाल ओलम्पिक कमिटीको साधारणसभा आज हुँदैछ । साधारणसभाले नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढाउनेबारे निर्णय गर्नेछ । तर साधारण सभापछिको चुनाव भने अन्यौलमा परेको छ । चुनाव रोक्न पुनरावेदन अदालत पाटनले हिजो निषेधाज्ञासहितको अन्तरिम आदेश जारी गरे पनि साधारणसभा हुने कमिटीले जनाएको छ ।

चुनावका विषयमा भने निर्णय हुन सकेको छैन । हिजो दुवै पक्षसँगको छलफलपछि पुनरावेदन अदालतका न्यायाधिश मोहनबहादुर कार्कीको इजलासले निवेदकहरुलाई सामेल नगराई निर्वाचन नगर्नु भन्ने आदेश दिएको हो । आदेशपछि ओलम्पिकको साधारणसभा फेरि विवादित बनेको छ ।