एमाले स्थायी समितिको बैठक बस्दै

साउन २०, काठमाण्डौ-नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्दैछ । अहिले केहि समयमा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संविधान विषयवस्तुमा सहमतिका लागि भइरहेको प्रयास र जटिलतालगायतका विषयमा छलफल हुने उपाध्यक्ष अष्ट लक्ष्मी शाक्यले जानकारी दिनुभयो । संघीयताको सिमांकन, प्रदेशको नामांकनको विवाद मिलाउन दलहरुवीच भईरहेको छलफल र प्रगतिबारे नेताहरुले बैठकमा जानकारी गराउने पनि उहाँले बताउनुभयो । त्यस्तै सरकारले ल्याएको बजेटप्रति पनि एमाले पूर्ण सहमत नदेखिएकाले त्यो विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।