पूर्व सांसद तथा राजनीतिज्ञ सुर्यप्रसाद प्रधानको निधन

साउन २०, काठमाण्डौ-नेपाली कांग्रेसका नेता तथा पुर्वसंसद सुर्यप्रसाद प्रधानको निधन भएको छ । आज बिहान बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उहाँको निधन भएको हो । उहाँको निधनको खबर पाए लगत्तै अहिले बुटवलको लुम्बिनी अञ्चल अस्पतालका नेता कार्यकर्ता तथा बुटवलबासीको ठुलो संख्यामा भिड लागेको छ । पार्टी र समाजिक क्षेत्रका हरेक क्रियाकलापमा सक्रिय रहनु हुने प्रधानको जन्म १९९७ असोज १३ गते पर्वतको पांङमा भएको थियो । उहाँ २०५६ सालमा रुपन्देही क्षेत्र नं. ३ बाट सासदमा निर्वाचित हुनुभएको थियो । बुटवल नगरपालिकाका पुर्वमेयर समेत रहनु भएका प्रधान बुटवल क्षेत्रका दर्जनौ संघ संस्थाको संस्थापक समेत हुनुहुन्थ्यो ।