एसएलसी पुरक परिक्षाको तयारी पुरा, परिक्षामा पत्रकारलाई जान रोक

राजेन्द्र रावल, साउन १९ बझाङ – एसएलसी पुरक परिक्षाको तयारी बझाङ जिल्लामा समेत पुरा भएको छ । पुरक परिक्षाको लागि बझाङ जिल्लाका सत्यबादी उमावि क , ख केन्द्र र जालपा उमावि केन्द्र गरी ३ वटा परिक्षा केन्द्र रहेको जिल्ला शिक्षा अधिकारी मोतीलाल शर्माले जानकारी दिनु भएको छ ।

भोली देखी सञ्चालन हुन लागेको एसएलसी पुरक परिक्षामा पत्रकारहरुलाई जान रोक लगाएको जिल्ला शिक्षा अधिकारी मोतीलाल शर्माको भनाई रहेको छ ।शर्माका अनुसार ३ वटा मात्र परिक्षा केन्द्र रहेको र धेरै पत्रकारहरु एकै चोटी भीडभाड लाग्ने गरेकोले परिक्षा केन्द्रभित्र प्रवेशमा रोक लगाएको हो । तर जिल्लाका केही पत्रकारहरुले भने परिक्षा हल भित्र नै गार्ड बसेका ब्याक्तीहरुले नै परिक्षार्थिहरुलाई चिट चोराउने गरेको हुँदा त्यस्ता नराम्ररा गतिविधिलाई लुकाउन जिल्ला शिक्षा अधिकारीले दृष्य तथा समाचार संकलन गर्नबाट पत्रकारलाई बञ्चित गर्न खोजेको आरोप लगाएका छन ।