सार्वजनिक स्थानमा धुम्रपान गर्ने ७ जनालाई कारबाही

राजेन्द्र रावल, साउन १९ डोटि – सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरुलाई प्रहरीले पछिल्लो समय धमाधम कारबाही गर्न थालेको छ । दिपायल पिपल्ला बजारका विभिन्न सार्वजनिक स्थानमा धुम्रपान गर्ने ७ जनालाई प्रहरीले पहिलो पटक चेतावनीसहित एकसय जारिवाना तिराएर छोडेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । कारबाही पर्नेमा समाजका प्रतिष्ठित व्यक्तिदेखि लिएर राजनिक दलका नेता रहेको प्रहरीले जनाएको छ ।

सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरुलाई प्रहरीले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ अनुसार कार्बाहि गरिने प्राबधान भएपनि पहिलो पटक लाई चेतावनी सहित सामान्य जरिवाना लिएर छोड्ने गरेको इलाका प्रहरी कार्यालयका प्रमुख बज्जिरसिंह धामीले बताउनु भयो । सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पर्दाथ सेवन गर्ने लाई प्रहरीले यहि साउन ४ गते बाट कार्बाहि गर्न सुरु गरेको हो । प्रहरीको अभियानपछि सुर्ति तथा चुरोटहरु छोड्न थालेका छन् ।