उद्योग वाणिज्य संघ घोडाघोडीको निर्वाचन कार्यतालीका सार्वजनीक

राजेन्द्र रावल, साउन १९ कैलाली – कैलालीको घोडाघोडी उद्योग वाणिज्य संघको पहिलो निर्वाचान कार्यतालीका सार्वजनीक भएको छ । २ वर्ष कार्यकाल रहने गरी अध्यक्ष १ जना, उपाध्यक्षमा उद्योग तर्फ २ जना, वाणिज्य तर्फ १ जना र वस्तुगत तर्फ १ जना गरी ३ जना, महा सचिव १ जना, सचिव १ जना, कोषध्यक्ष १ जना र ८ जना सदस्य गरी १५ पदको लागी यही श्रावण ३० गते निर्वाचन हुने भएको छ ।

कार्यतालीका अनुसार भोली २० गते प्रथम मतदाता नामावली प्रकाशन, २१ गते मतदाता नामावलीमा दावी बिरोध तथा संसोधन आवेदन र आवेदन उपर जाचबुझ तथा संसोधन, २२ गते अन्तीम मतदाता नामावली प्रकाशन, २३ गते उम्मेरद्धारको मनोनयन दर्ता र पहिलो उम्मेरद्धारको नामावली प्रकाशन, २४ गते उम्मेरद्धारको मनोनयम पत्र माथी दावी बिरोध, दावी विरोध माथी जाचबुझ र उम्मेरद्धारको शंसोधन नामावली प्रकाशन, २४ गते नै नाम फिर्ता लिन चहाने उम्मेरद्धारले नाम फिर्ता लिने र उम्मेर द्धाराको अन्तीम नामावली प्रकाशन तथा निविरोध भए घोषणा र ३० गते मतदान कार्यक्रम तथा मतगणना हुने निर्वाचन समितीका निर्वाचन अधिकृत शिव प्रसाद ढकालले बताउनु भएको छ । साथै मतदान केन्द्र राष्ट्रिय उच्च माध्यामिक बिद्यालय सुख्डमा हुने र मदाताहरु धेरै भएकाले र उहाहरुको सहज र सुबिधाका लागी दुई वटा मतदान केन्द्र कायम गरीने समेत उहाले जानकारी दिनुभयो । घोडाघोडी उद्योग वाणीज्य संघको यो पहिलो निर्वाचन भएकाले पनी धेरै चसो र चर्चाको बिषय बनेको छ ।