फेरि घट्यो सुनको भाउ

साउन १९ काठमाडौँ – नेपाली बजारमा सुनको भाउ दिनप्रतिदिन सस्तिएको छ। अघिल्लो दिनको तुलनामा मंगलबार सुनको भाउ तोलाको ४७ हजार पाँचसय रुपैयाँका दरले कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाले कमी हो ।

नेपाली बजारमा सुनको भाउ निरन्तर ओरालो लागिरहेको छ। यसअघि सोमबार सुनको भाउ तोलाको ४७ हजार आठसय रुपैयाँ रहेको थियो । मंगलबार चाँदी पनि पाँच रुपैयाँ सस्तो भएको छ। चाँदी मंगलबार तोलाको ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनकोभाउ घटेपछि सुनका सामान किन्नेहरु बढेका छन् ।