दलित अधिकारकर्मीमाथी प्रहरी दमन, आधा दर्जन घाईते

विरु नेपाली ,साउन १९  काठमाडौँ – एक घण्टे चक्काजामका लागि सडकमा उत्रेका दलित अधिकारमाथी नयाँ वानेश्वरको विजुलीवजार पुलमा प्रहरीले दमन गरेको छ । प्रहरीको दमनबाट दलित अधिकाकर्मीहरु घाईते भएका छन् । नेपाली काग्रेसका सभासद मान वहादुर विश्वकर्मा, नेकपा एमालेका सभासद जितु गौतम एकिकृत नेकपा माओवादीका सभासद दलजित श्रीपाईलीमाथी डिएस्पी तोर्ण कार्कीले प्रहरीले लक्षित गरी गरी कुटेका थिए । पुर्व सभासद दलजित श्रीपाईलीको मुखमा चोट लागेको छ उहाँको दाँत हल्लिएको छ । त्यसैगरी दलित अधिकारकर्मी गणेश विकेको टाउकोमा गम्भिर चोट लागेको छ । दलित अधिकारकर्मी दुर्गा सोव, कमला हेम्चुरी, सहेक विश्वकर्मा, रण वहादुर रम्तेल, पुष्प वादी भद्रमान मोते, दिनेश हरिजन लगाएतका दर्जनौ अधिकारकर्मीहरुलाई सामान्य चोट लागेको छ । घाईते अधिकारकर्मीहरुलाई उपचारका लागि सिविल हस्पिटलमा लगिएको छ ।

सुरुमा शान्तिपुर्ण चक्काजाम भन्दै सडकको विच भागमा निस्केका दलित अधिकारकर्मीहरुलाई प्रहरीले सिधै हस्तषेप गरी दमन सुरु गरेको थियो । नयाँ वनेश्वर विर विक्त प्रहरी कार्कीको नेतृत्वमा आएको प्रहरी फोर्सलले दलित अधिकारकर्मीहरुलाई कुटपिट गरेको थियो ।
सभासद जितु गौतमले एक घण्टे चक्काजामका लागि शान्तिपुर्ण ढंगले आन्दोलन गर्दा प्रहरीले क्रुर दमन गरी कुटपिट गरेको वताउनुभयो । उहाँले नयाँ संविधानमा सवै समुदायका अधिकार सुनिश्चित गनर्, उत्पिडित जाति जनजाति, दलित, महिला, मधेसी, अल्पसख्यक सवै समुदायले एकिकृत संघर्ष गर्न आवस्यक भएको जिकिर गर्नुभयो ।
सभासद दलजित श्रीपाईलीले शान्तिपुर्ण भन्दा भन्दै प्रहरीले हस्तक्षेप गरी विथोल्ने प्रयास गरेकाले भोलीको आन्दोलनको कार्यक्रमलाई अझ व्यापक वृहत वनाउने वताउनुभयो छ ।
त्यसैगरी संयुक्त राजनीतिक दलित संघर्ष समितीका संयोजक परशुराम रम्तेलले प्रहरी दमनको विरोध गर्दै राज्यले नै दलित अधिकारलाई कुण्ठित वनाउने दुष्प्रयास गरेको वताउनुभयो ।
आन्दोलनका घोषित कार्यक्रमहरु मध्ये आज मंगलवार देशभर एक घण्टे चक्काजामको आयोजना गरिएको थियो । यो संयुक्त राजनीतिक दलित संघर्ष समिती, दलित सभासद समन्वय समिती, दलित नागरिक समाज र दलित अधिकार संघर्ष समितीले संयुत्त रुपमा गरेको कार्यक्रम हो । भोली साउन २१ गते १२ वजे काठमाण्डौमा दशौ हजारको सहभागीतामा वृहत र्याली गरी जन शक्ति प्रदर्शन गर्ने वताएको छ ।