मधेसी मोर्चासंग कार्यगत एकता गर्दै वैद्य माओवादी

साउन १९, काठमाडौँ – संविधानको प्रारम्भिक मस्यौदाको विरोधमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित अन्य साना दलसँग आज कार्यगत एकताको घोषणा गर्ने भएको छ ।

आज माओवादीको बुद्धनगरस्थित पार्टी कार्यालयमा बस्ने बैठकले संयुक्त कार्यक्रम र भावी आन्दोलनको घोषणा गर्ने सदभावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिए ।
बैठक दिउँसो ४ बजेपछि सुरु हुनेछ । मधेसी मोर्चामा आवद्ध ४ र अरु ८ दलबीच मस्यौदा खारेजीको आन्दोलनका लागि कार्यगत एकता गर्ने सहमति हिजो भएको थियो ।
मस्यौदा खारेजीको एक सुत्रीय एजेन्डा लिएर आन्दोलनमा जाने निष्कर्षमा १२ दलबीच सहमति भएको महासचिव सुमनले बताए ।