व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै

साउन १९, काठमाडौँ – व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे बस्ने बैठक बनियोजन बिधेयकक माथि छलफल गर्ने कार्यक्रम रहे पनि असन्तुष्ट सभासदहरुले आजको बैठक बहिस्कार गर्ने बताएका छन ्।

प्रमुख प्रतिपक्ष दल एकीकृत नेकपा माओवादीले हिजो पनि बजेटमाथिको छलफल बहिस्कार गरेका थिए । बजेटमा आफूहरुले माग गरेको कुनै योजना नपरेको र भूकम्पपछिको पुनर्निर्माणलाई उपेक्षा गरेको भन्दैै एमाओवादीले छलफल बहिस्कार गरेको हो ।

बजेटमाथि सैद्धान्तिक छलफलको लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्ष दल एमाओवादीले बहिस्कार गरेपछि संसदको काम रोकिएको थियो । बजेटमा प्रमुख नेताहरुको निर्वाचन क्षेत्रका योजना मात्र समेटिएकाले छलफल बहिष्कार गरेको एमाओवादीले बताएको छ ।

यसअघि संसदमा सुरु भएको बजेटमाथिको सैद्धान्तिक छलफलमा सत्तपक्षकै सभासदले चर्को असन्तुष्टी पोखेका थिए । उनीहरुले पनि बजेट प्रमुख नेताहरुको क्षेत्रमा मात्रै खन्याएको भन्दै बजेटमा भएका त्रुटी नसच्याएमा बजेट पास हुन नदिने चेतावनी दिएका छन् ।