सुनमा चाँदी मिसाएर ग्राहक ठग्दै ब्यबसायी

साउन १७, कैलाली – सुनको भाउ ओरालो लागि रहेका बेला कैलालीका विभिन्न ठाउका सुन व्यावसायीले ग्रहाकहरुलाई ठगिरहेकोे पाईएको छ । सुनको मुल्य घटेको मौका छोपेर सुन व्यावसायीले ग्राहकलाई ठगेका हुन ।

सुनको मुल्य ओरालो लागेको थाहा पाएपछि सुन किन्न ग्राहकहरु सुनचादी पसलमा जानथाले पछि व्यावसायीले सुनमा चादी मिसाएर ठगिरहेको पाईएको हो । कैलालीको पहलमानपुरमा रहेको एक सुनचादी पसलले एक नम्बरी सुन भन्दै सुनमा चादी मिसाएर बेचीरहेको खुलासा भएको छ । पहिलेको भन्दा केहि साता देखि सुनको मुल्य घटेको छ ।
अहिले स्थानीय बजारमा सुनको भाउ तोलामा ४९ हजार २ सय रुपैयामा किनबेच भईरहेको छ । त्यस्तै चादीको मुल्य ७ सय ६५ रुपैयामा किनबेच भईरहेको छ । सुनको मुल्य अझै घट्ने आकलन गरीयतापनि ग्राहकहरु सुन किन्न हतारीयका छन्