भिमदत्त पन्तको आज ६३ औं स्मृति दिवस

साउन १७, कैलाली – सुदूरपश्चिमका चर्चित क्रान्तिकारी नेता भिमदत्त पन्तको आज ६३ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

पन्तले ‘जसको जोत उस्को पोत, किसान जिन्दावाद–जनताको राज जिन्दावाद’ भन्दै जनताका लागि शोषकहरुका विरुद्धमा संघर्ष गर्नुभएको थियो ।
पन्तको स्मृति दिवसको अवसरमा आज डडेल्धुराको बागबजारमा पन्तको सम्मान र सम्झनामा भिमदत्तको शालिकमा माल्यार्पण, उपक्षेत्रिय अस्पतालका बिरामीहरुलाई फलफुल वितरण र जिल्ला कृषि कार्यालय डडेल्धुराको सभाहलमा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट किसानलाई अभिनन्दन गरिने भिमदत्त प्रतिष्ठानका सचिव वीरेन्द्र बस्नेतले जानकारी दिए ।
पन्तलाई देशद्रोही भन्दै २०१० साउन १७ गते तत्कालिन सरकारले निर्ममतापूर्वक हत्या गरेको थियो