देश टुक्राउने अभिव्यक्ति दिने अममरेशलाई कांग्रेसले कारवाही गर्ने

साउन १७, काठमाडौँ – देश टुक्राउने अभिव्यक्ति दिने सभासद् अमरेश कुमार सिंहलाई कांग्रेसले कारवाही गर्ने भएको छ ।

पार्टीको अनुशासन विपरीत देश टुक्राउने, शीर्ष नेतालाई होच्चाउने, भारतीय दुतावास चहार्ने जस्ता हर्कत गरेको भन्दै पार्टीमा माग बढेपछि सभापति सुशील कोइरालाले उनलाई कारवाहीको प्रक्रिया अघि बढाउने तयारी गरेका हुन् । सुरुमा उनले के बोलेको हो भन्ने विषयमा स्पष्टीकरण सोधेर कारवाहीको प्रक्रिया अघि बढाइने भएको छ ।
तर, कारवाही गर्ने भनिएका सिंहले आफूलाई केही जानकारी नभएको भन्दै भारतीय दुतावास जाने आफू पहिलो र अन्तिम नेता नभएको बताएका छन् । यस अघि पनि पार्टी नीति विपरीत बोल्ने जस्ता हर्कतका कारण उनी विवादमा पर्दै आएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।