विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत नेपाल र स्कटल्याण्ड बिचको खेल आज पुन हुँदै

साउन १६, काडमाण्डौ- वर्षाले गर्दा अवरुद्ध बनेको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत नेपाल र स्कटल्याण्ड बिचको खेल आज पुन हुँदै छ । रोकिएकै स्थितिबाट आजको खेल पुन खेल सुरु हुने भएको हो ।

आजको खेलमा स्कटल्याण्डले जितका लागि अब २० दशमलव २ ओभरमा ९५ रन बनाउनु पर्ने छ । हिजो टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव १ ओभरमा सबै १० विकेट गुमाएर १ सय ६७ रन मात्र बनाएको थियो । स्कटल्याण्डले १ सय ६८ रन बनाउनु पर्ने भएपनि वर्षाका कारण तत्काल खेल सुरु हुन सकेन । पछि पानी पर्न छाडेपछि खेल सुरु भयो र स्कटल्याण्डलाई डकवर्थ लुईस मेथड अनुसार २२ ओभरमा १ सय १० रन बनाउनु पर्ने लक्ष्य दिईयो । तर स्कटल्याण्डले १० बल मात्र खेलेर १५ रन बनाएपछि फेरि पानी पर्न थाल्यो र खेल आजका  लागि सारिएको हो ।
८ टिम सहभागी यो प्रतियोगितामा नेपालले पहिलो चरणमा स्कटल्याण्डको भ्रमण गरेको हो । २ वर्षसम्म होम एण्ड अवेका आधारमा चल्ने प्रतियोगिताको शीर्ष ४ मा पर्ने टोलीले सन् २०१९ को विश्वकप क्रिकेटको छनौट खेल खेल्न पाउने छन् ।