साउन २२ भित्रै मस्यौदा परिमार्जन

साउन १४, काठमाडौँ – संविधानसभाले साउन मसान्तमा नयाँ संविधान जारी गर्ने लक्ष्य सहित साउन २२ भित्रै मस्यौदा परिमार्जन गरिसक्ने भएको छ ।

संविधानसभाले बुधबार बढीमा ४ दिन भित्र जनताको सुझाव ग्रहण सम्बन्धी निर्णय गर्ने निर्देशन सहित नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको प्रतिवेदन संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाउने निर्णय गरेको छ ।
दलहरुबीच भएको संवादको प्रतिवेदनमाथिको छलफल एकै दिनमा सक्ने र मस्यौदा समितिले पनि चार दिनमै संविधानको प्रारम्भिक विधेयक परिमार्जनको काम सक्ने समझदारी कार्यान्वयन गर्दा साउन २३ भित्रै संविधानसभामा नयाँ संविधानको परिमार्जित विधेयक टेवल हुने छ ।
१६ बुँदे राजनीतिक सहमतिपछिको प्रक्रिया र संविधान मस्यौदाको अन्तरवस्तुमा असहमत संघीय समाजवादी फोरम, सद्भावना, तमलोपा र तमसपाका सभासद्ले बुधबारको बैठक बरिस्कार गरे । ५ सय ९८ सदस्य बहाल रहेको संविधानसभामा असन्तुष्ट ४ दलको सिट संख्या ३४ छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।