एमआरपीमा घोटाला

साउन १४, काठमाडौँ – आगामी नोभेम्बर २४ अगावै हस्तलिखित राहदानीलाई विस्थापन गरी मेसिन रिडेबल राहदानी बनाउन बाध्यकारी व्यवस्थाको फाइदा उठाउँदै परराष्ट्र मन्त्रालयले बिना टेन्डर पुन एमआरपी छपाई गर्न फ्रान्सेली कम्पनी ओवर्थरलाई थप राहदानी छाप्न स्वीकृती दिएको छ ।

नेपाली नागरिकले विदेश जादाँ प्रयोग गर्ने राहदानी छपाइका लागि विदेशी कम्पनीलार्ए जिम्मा दिँदा नेपालको गोप्य सूचना बाहिर जाने भन्दै गत वर्षको चैतमा श्रम तथा अन्तर्राष्ट्रिय समितिले परराष्ट्र मन्त्रालयलाई राहदानी छाप्ने व्यवस्था नेपालमा नै गर्न निर्देशन दिएको थियो ।
समितिको उक्त निर्देशनलाई उल्लंघन गर्दैै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको निर्णयमा मन्त्रालयले गत जेठ ५ गते पुरानै कम्पनीलाई राहदानी छाप्ने धिकार दिएको हो । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।