पहिरोमा परेर १२ को मृत्यु, १५ घर पुरिए

साउन १४, पोखरा – कास्कीमा अविरल वर्षाका कारण खसेको पहिरोमापरि १२ जनाको मृत्यु भएकोछ ।

गए रातिदेखिको अविरण बर्षापछि पहिरो खस्दा कास्कीको लुम्लेमा ४ र भदौरे तामागीमा ८ जनाको मृत्यु भएको काँस्की प्रहरीले जनाएको छ । पहिरोमा परि २० जना भन्दा बढी हराईरहेका छन् ।
पहिरोले कम्तिमा १५ वटा घर पुरिनुका साथै उक्त ठाउँका चार वटा पुल पनि बगाएको लुम्ले गाविसका सचिव हरिप्रसाद अधिकारीले जानकारी दिए । उद्धारका लागि घटनास्थल तर्फ प्रहरी टोली गैसेकेको कास्की प्रहरीले जनाएको छ ।
यसैगरी कास्कीकै भदौरे तामागी गाविसमा पहिरोका कारण दुई बालकको ज्यान गएको छ । भदौरे–५ घाँटीछिना ठूलाखेत क्षेत्रमा पहिरो जाँदा ७ घर पुरिएको र ती घरका मानिसहरुको बारेमा पनि थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
गाविस सचिव कुुँवरका अनुसार प्रहरी र स्थानीय बासिन्दा उद्धारका लागि गएपनि खोला बढेका कारण घटनास्थलमा पुग्न सकेको छैन । त्यस क्षेत्रमा चापाकोट जाने पुल, बाम्दी पुल, लगायतका ४ वटा पुल बगाएकोे छ । उद्धारकर्ताहरु पामेको बारी नै बसिरहेका छन् ।