‘खटाएको ठाउँमा जान अटेर गर्ने कर्मचारीलाई कारबाही गरिने’

साउन १४, काठमाडौँ – सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही हुने बताएका छन् ।

उनले कर्मचारीहरूको राम्रो र आकर्षक मन्त्रालय छान्ने प्रवृति गलत भएको बताए । सामान्य प्रशासन मन्त्रालय, प्रच्चस्तरिय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति र प्रशासकीय अदालतले आयोजना गरेको कार्यक्रममा मन्त्री पण्डितले भने,राज्यले जहाँ पठाए पनि कर्मचारीले काम गर्नु पर्ने बताए ।
त्यसो नगर्नेलाई कारवाही हुन्छ ।’ उनले व्यवहारमा ठिक काम नहुदाको उदाहरण दिदै भने, कुनै एक विभागको जग्गा मिलाई दिएको भएमात्र मलाई व्यक्तिगत रूपमा १० करोड रूपैयाँ आउँथ्यो । मैले त्यसलाई नकारिदिए । यस्ता खराब मान्छेहरू पनि छन् ।’ उनले थपे, ‘मलाई डर लाग्छ, कुनै दिन सिंहदरबार पनि व्यक्तिको नाममा हुन्छ भनेर ।’
उनले विदेशमा पीआर र डीभी हुने कार्मचारीले जागिर छाड्ने क्रम जारी रहेको उल्लेख गरे । आजको कान्तिपुर दैनिकमा खबर छ ।