मस्यौदा प्रतिवेदन माथि सहमति समितिमा आजबाट छलफल सुरु हुँदै

साउन १४, काठमाण्डौ-संविधान सभाले जनतको सुझाब सहितको मस्यौदा प्रतिवेदन जिम्मा लगाए पछि  संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा आजबाट छलफल सुरुहुँदै छ । जनताको सुझाब सहितको प्रतिवेदन तयार पार्न ४ दिनको समय पाएको समितीले प्रतिवेदन माथि छलफल सुरु गर्ने भएको हो ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानको परिमार्जित विधेयक सभामा प्रस्तुत गर्न संविधानसम्बन्धी विधेयकको पहिलो मस्यौदा, नागरिक सम्बन्ध तथा संविधाान सुझाव समितिको जनताको प्रतिक्रियासम्बन्धी प्रतिवेदन, २०७२ र सभाको निर्देशनलगायतका सम्पूर्ण कागजातसहितको विवरण संवैधानिक– राजनीतिक संवाद तथा सहमति समितिमा पठाइयोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुँदा त्यसलाई बहुमतले स्विकृत प्रदान गरेको थियो ।
संविधानका अन्तर्वस्तुमा दलहरुबीच देखिएको कतिपय असहमतिका बुँदालाई सहमतिमा रुपान्तरण गर्न समितिले चार दिनको समय खर्चिने छ । प्रारम्भिक मस्यौदामाथि जनताले दिएका सुझावलाई सम्बोधन गर्न समितिमा व्यापक छलफल हुने र सहमतिका आधारमा नयाँ संविधानमा समेट्ने काम हुनेछ ।