अविरल वर्षाका कारण कास्कीमा पहिरो जाँदा कम्तीमा पनि ७ जनाको मृत्यु

साउन १४, काठमाण्डौ-अविरल वर्षाका कारण कास्कीमा पहिरो जाँदा कम्तीमा पनि ७ जनाको मृत्यु भएको छ । पहिरोमा परेर २० जना भन्दा बढी हराईरहेका छन् । पहिरोले कम्तिमा २२ वटा घर पुरेको छ । पहिरोले ती ठाउँका चार वटा पुल पनि बगाएको लुम्ले गाविसका सचिव हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो । पहिरोमा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । यसैगरी कास्कीकै भदौरे तामागी गाविसमा पहिरोका कारण दुई बालकको मृत्यु भएको छ । भदौरे–५ घाँटीछिना ठूलाखेत क्षेत्रमा पहिरो गएको हो । त्यहाँको गएको पहिरोले कम्तिमा चार वटा घर पुरिएको र ती घरका मानिसहरुको बारेमा पनि थाहा हुन नसकेको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा चापाकोट जाने पुल, बाम्दी पुल, लगायतका ४ वटा पुल बगाएकोे छ ।