‘पीआरको डरले’ डिआइजीको राजीनामा

साउन १३, काठमाडौँ – सरकारी कर्मचारीले विदेशी मुलुकको स्थायी आवासीय अनुमति (डिभ/पिआर) लिन नपाउने कानुन बनेलगत्तै सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डिआइजी) दुर्गा कुँवरले पदबाट राजीनामा दिएका छन् ।

महानगरीय सशस्त्र प्रहरी कार्यालय बलम्बुमा दोस्रो वरियताको पदीय जिम्मेवारी समालिरहेका डिआजी कुँवरले अचानक मंगलबार राजीनामा दिएका हुन् डिआजी कुँवरले अमेरिकाको स्थायी आवासीय अनुमति (पिआर) लिएका कारण राजीनामा दिएको स्रोतले बताएको छ ।
तर, कुँवरले सशस्त्र प्रहरीको मुख्यालयमा मंगलबार बुझाएको पत्रमा राजीनामा दिनुको कारण खुलाएका छैनन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ।