केपी ओलीको नाम बेच्दै, केटी बटुल्दै

साउन १३, काठमाडौँ – केपी ओली प्रधानमन्त्री बन्ने कहिले हो कहिले उनको नातेदार हुँ भन्ने एकजना इन्सपक्टरले अहिल्यैदेखि महिलामाथि हिंसा गर्दै हेडक्वाटर हल्लाइदिएका छन् ।

बिहे गर्छु भनी अर्काकी छोरीलाई घर लैजान, केही दिन संगै राख्न र पछि मन परेन भन्दै ‘फर्केर जाऊ’ भन्न कानुन र नैतिकता दुवैले मिल्दैन । तर, आफूलाई ‘भावी प्रधानमन्त्री’को नातेदार बताउने इन्सपेक्टरले यस्तै गर्दा आइजिपी उपेन्द्रकान्त अर्याल बमबम भएका छन् ।
गौशाला प्रहरी वृत्तमा कार्यरत पृथ्वीनारायण ओलीले हो, यस्तो तमासा देखाएको । उनी केपी ओलीकै पुख्र्यौली जिल्ला तेह्रथुप छातेढुंगा – ४ का स्थायी बासिन्दा हुन् । श्रीमतीको निधन भएपछि बालबच्चा र आफ्नै पनि स्याहार गर्न समस्या भएको भन्दै १६ असारमा मोरङको विराटचोकबाट धनकुटाकी शर्मिला (नाम परिवर्तन)लाई काठमाडौं ल्याए समाजका अगाडि पत्नी सुइकार्य ।
पुरुषोत्तम महिनामा धार्मिक कार्य गर्न नहुने विश्वासका कारण टिकाटालो पछि गर्ने गरी १७ गतेदेखि नै पत्नीका रुपमा अपनाए । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वेशीगाउँस्थित आफ्नै घरमा राखे । तर, संगै बस्न थालेको केही दिनपछि ‘केटी फिल्म लाइनतिर लागेकी रहेछ, यस्ता केटी खत्तम हुन्छन्’ भन्दै घरबाट निकाले ।
शर्मिला फिल्मको कथा र पटकथा लेख्ने काममा अभ्यास गरिरहेकी छन् । अहिले हेडक्वाटरस्थित महिला तथा बालबालिका केन्द्रमा यो मामिला पुगेको छ । त्यहाँकी एसपी दुर्गा सिंह र डिएसपी गंगा पन्तहरुलाई ओलीको रवाफ लगाउँदै पृथ्वीनारायण छलफलमा जान आनाकानी गर्दै थिए ।
पीडितहरु एक साता अघि आइजिपी उपेन्द्रकान्तकहाँ पुगे । उपेन्द्रले ‘मान्छ भने मानोस्, नत्र पाता कसेर भए पनि ल्याउनु’ भन्दै कराएपछि बल्ल इन्सपेक्टर बल्ल छलफल गर्न राजी भए । पाँच दिन मात्र त हो नी भन्दै आफूहरु अलग भएको इन्सपेक्टरले बताए पनि डिएसपी गंगा पन्त जंगिएपछि पिडक इन्सपेक्टर नै भएकोले आन्तरिक रुपमा समाधान खोज्न पहल भइरहेको छ । आजको जनआस्था साप्ताहिकमा खबर छ।