यमनमा पाँच दिने संघर्ष विरामको घोषणा

साउन १०, यमन – यमनमा जारी हुती विद्रोह नियन्त्रण गर्न खटिएको सउदी अरब नेतृत्वको गठबन्धन सेनाले पाँच दिने संघर्ष विराम गरेको छ ।

यमनको ताइज सुबे राज्यमा गरिएको हवाई आक्रमणमा सर्वसाधारण मारिएपछि साउदी अरबले संघर्ष बिराम गर्ने घोषणा गरेको हो ।
यसबाट यमनी नागरिकलाई केही समय भएपनि राहत हुने साउदी सरकारको दावी छ । यमनी राष्ट्रपति मंसुर हादीको आग्रह अनुसार साउदी अरबका बादशाह शाह सलमान संघर्ष बिराम गर्न तयार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।