प्लस टु अध्यनरत विद्यार्थीलाई कुलत रोक्न अभियान

साउन १०, काठमाडौं – गृह मन्त्रालयले आगामी भदौको पहिलो सातादखि उच्च माध्यामिक तहका विद्यार्थीहरुलाई लक्षित गरी लागूऔषध जनचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

सहरमा रहेका युवायुवतीहरु स्कुल तहदेखि नै लागूऔषधको कुलतमा फस्न सक्ने तथा गाउँबाट आएका किशोरकिशोरी पनि संगतमा लाग्ने भएकाले ती दुवै पक्षलाई ध्यान दिएर गृह मन्त्रालयले जनचेतनामुलक अभियान शुरु गर्न लागेको जानकारी दिएको छ ।

मन्त्रालयका उपसचिव फणीन्द्रमणि पोखरेलकाअनुसार बजेट आएपछि नियमित कार्यक्रम अन्तर्गत उच्च माध्यामिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई दुब्र्यवसनमा नलाग्न र कुलतबाट छुटाउन काउन्सिलिङ गर्न अभियान सञ्चालन गर्न लागिएको हो । उनका अनुसार गृहमन्त्रालयले यो विषयमा कार्यक्रम तयारी गरिरहेको छ ।

मन्त्रालयकाअनुसार यो कार्यक्रम तयार भएपछि नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले कार्यान्वयनमा ल्याउनेछ । राजधानी