गायत्री थापाको नयाँ गीत “चुलबुले माया” (भिडियो सहित )

काठमाडौँ- शिवदर्शन डिजिटलले फेरी अर्को नयाँ गीत बजारमा ल्याएको छ।गीतको अडियो सँगै भिडियो पनि बजारमा आएको छ। मार्मिक शब्द निर्माण गरी सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गीतकार गायत्री थापाको शब्द रहेको उक्त गीतमा गायक बिदुर घिमिरे र गायिका रिता केसिको स्वर रहेको छ।

गायात्री थापा लोक दोहोरी, आधुनिक सँगै पप गीतका थुप्रै सफल शब्द निर्माण गरी चर्चामा रहेकी छन्। चुलबुले माया बोलको गीतमा दिपेश कार्की र उनकी सहोदर बहिनी दीपा सँगै गणेशको सशक्त अभिनय देख्न सकिन्छ। उक्त गीतलाई दुर्गा पौडेलले क्यामरामा कैद गरेका छन। निर्देशन र सम्पादन जीवन सेन्चुरिले गरेका छन्।

भिडियो हेर्नुस