चीनमा भेटियो ‘परी’

साउन ९, काठमाडौँ – ठ्याक्कै मान्छेजस्तो लाग्ने पखेटा सहितको ‘परी’ चीनमा भेटिएपछि मानिसहरु चकित भएका छन् । आकाशबाट जमिनमा पछारिएकी एक बृद्ध ‘परी’लाई ठुलो पिंजडाभित्र देखेपछि मानिसहरु अचम्मित भएका हुन् । तर, सो ‘परी’ एक कपोकल्पित कला हो । बेइजिङका दुई कलाकार सन युआन र पेंग यूले ‘परी’को निर्माण गरेका हुन् ।

यथार्थवादी कला निर्माण कै कारण यी दुई कलाकार चर्चित छन् र उनिहरुको कामले प्रसिद्धी कमाइरहेको समाचारमा बताइएको छ । सिलिका जेल, फाइबर ग्लास र स्टेनलेस स्टिलको सहयोगमा उनिहरुले ‘परी’ निर्माण गरेको बताएका छन् । अन्नपूर्णपोष्ट