माओवादीले २४ वटा ट्रकमा आगो लगाए

साउन ९, भारत – भारतको झारखण्डमा माओवादीले २४ वटा ट्रकमा आगो लगाएका छन् । झारखण्डको बोकारो जिल्लामा रहेको सेन्ट्रल कोलफिल्ड्स लिमिटेड सिसिएल परियोजनाको ट्रकमा माओवादीले आगो लगाएका हुन् ।

कोइला ढुवानीका लागि प्रयोग हुने ट्रकमा माओवादीले आगो लगाएको प्रहरीले जनाएको छ । १२ जना भन्दा बढीको समुहमा आएका माओवादीले ट्रकमा आगो लगाए पनि ट्रकका चालकलाई भने केही नगरेको प्रहरीले जनाएको छ । ट्रकमा आगो लगाएपछि भागेका माओवादी समुह विरुद्ध कारबाही अभियान थालिएको त्यहाँको प्रहरीले बताएको छ ।