रोनाल्डो र मेसीलाई पछाडि पार्ने को हुन् यी खेलाडी ?

साउन ९, काठमाडौँ – खेलकुदको सेलिब्रेटी ‘मार्केटिङ’ का लागि पनि पोख्त मानिन्छन् । लन्डन स्कुल अफ मार्केटिङले गरेको मार्केटेबल स्पोर्टस् पर्सन अर्थात बिकाउ हुने खेलाडीको सूचीमा टेनिसका पूर्व विश्व नम्बर एक खेलाडी रोजर फेडेररले अन्यलाई पछि पारेका छन् ।

बिकाउ हुने खेलाडीको सूचीमा टेनिस, फुटबल र बास्केटबलका खेलाडीले प्रभाव जमाएका छन् । भारतका क्रिकेट कप्तान महेन्द्र सिंह धोनी क्रिकेटको प्रतिनिधित्व गर्दै शीषए २० मा अटेका छन् ।

उनले फुटबलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीलाई समेत पछि पारेका छन् । भारतका विकेट किपर ब्याट्सम्यान धोनीले एथलेक्टिसका उसेन बोल्ट र बास्केटबलका कोबे ब्रान्टलाई पछाडि छोडेका छन् ।