भुकम्पको पराकम्प आउँने क्रम अझै जारी

साउन ९, काठमाडौँ – भुकम्पको पराकम्प आउँने क्रम अझै जारी रहेको छ । यसैविच गए राति दोलखा केन्द्र बनाएर भूकम्पको पराकम्प गएको छ । राति १२ बजेर पाँच मिनेट जाँदा दोलखा केन्द्र बनाएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो बुधबार राति १० बजेर १४ मिनेट जाँदा काठमाडौं केन्द्र बनाएर गएको ४ दशमलव ६ रेक्टर स्केलको पराकम्पपछि गएको पहिलो पराकम्प हो ।
वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल भन्दामाथिका ३ सय ५५ भन्दा धेरै पराकम्प गएको केन्द्रले जनाएको छ ।