माग पुरा गर्न केसीको दुई साताको अल्टिमेटम

साउन ९, काठमाडौँ – त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्राध्यापक डा. गोविन्द केसीले आफूसँग भएका सहमति कार्यान्वयनसहित पाँच बुँदे माग राख्दै सरकारलाई दुई साताको अल्टिमेटम दिनुभएको छ । केदारभक्त माथेमा संयोजकत्वको कार्यदलले प्रतिवेदन बुझाएको एक महिना पुगिसक्दा पनि सार्वजनिक तथा कार्यान्वयन गर्न सरकारले कुनै तदारुकता नदेखाएको डा केसीको गुनासो छ ।

प्रतिवेदन कार्यान्वयन नहुँदा विगतका अधिकांश उपलब्धिहरु गुम्ने र नेपालमा स्वास्थ्य क्षेत्रमा सुधारको ठूलो अवसर पनि गुम्ने भएका कारण फेरि जुर्मुराउनु परेको केसीले विज्ञप्तिमार्फत बताउनु भएको छ । माथेमा प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषदबाट निर्णय गरेर आवश्यक नीति र कानुन निर्माणका प्रक्रिया थाल्न माग गर्दै डा केसीले माग पूरा नभए आमरण अनसनसहितका आन्दोलन थाल्ने चेतावनी दिनुे छ ।