मस्यौदामाथि जनताबाट आएका सुझावलाई समेट्न दलहरु विच छलफल सुरु

साउन ९, काठमाडौँ –  सविधानको मस्यौदामा नागरिकका तर्फबाट आएका सुझावलाई समेट्ने विषयमा दलहरुले छलफल सुरु गरेका छन् । आज प्रमुख चारदलका नेताहरु रहेका कार्यदल बनाएर थप छलफल गर्ने तयारी छ । मस्यौदामाथि जनताले दिएका सुझाबलाई कसरी समेट्ने भन्ने विषय आजदेखि छलफल प्रवेश गर्नेछ ।

कार्यदलले दिएको सुझावका आधारमा प्रमुख दलको बैठक बसेर निणर्य हुनेछ । एमाओवादी नेता नारायणकाजी श्रेष्ठले प्रस्तावित मितिमा संविधान जारी गर्न आजदेखि नै छलफललाई तीव्रता दिने बताउनुभयो । आज बिहान संविधानसभाका अध्यक्षसँग छलफल गरेर दलहरुले निस्कर्ष निकाल्ने उहाँले बताउनुभयो । संविधानको मस्यौदामा आएका सुझाब समेट्ने र संविधान जारी गर्ने विषयमा बिहान सभामुख सुवास नेम्वाङ र चार दलका शीर्ष नेताबीच छलफल तय गरिएको छ ।

जनताबाट फरक सुझाब आएको भन्दै सुझाब संकलन जनमतसंग्रह नभएको र एउटै विषयमा हजारौँ सुझाव आएकाले संविधानसभा, संवाद समिति, मस्यौदा समितिमा छलफल भई निक्र्योलमा पुग्ने नेताहरुले बताएका छन् ।