ट्वेन्टी ट्वेन्टी विश्वकपका लागि आज ४ टोली भिड्दै

साउन ७, काठमाडौँ – विश्वकप छनोटका लागि आज नामिबिया र ओमान तथा अफगानिस्तान र पपुवा न्युगिनीबीच खेल हुने छ । समुह बीको तेश्रो स्थानमा रहदै अफगानिस्तान प्लेअफमा प्रवेश गरेको थियो ।

तर प्लेअफको पहिलो खेलमा हङकङसँग पराजित भएपछि अफगानिस्तान समुह ए को चौथो स्थानमा रहेको पपुवा न्युगिनी सँग खेल्न लागेको हो । अबको खेलमा विजेता टिम सन् २०१६ मा भारतमा हुने विश्व कपका लागि छानिने छ भने पराजित टोली विश्वकपबाट बञ्चित हुनेछ ।