आश्चर्यजनक क्षमतायुक्त बालक आदित्य दाहाललाई उपचारका लागि आज अमेरिका लगिँदै

साउन ७, काठमाडौँ –  आश्चर्यजनक क्षमतायुक्त बालक आदित्य दाहाललाई उपचारका लागि आज अमेरिका लगिँदैछ । शारीरिक रुपमा अशक्त उनको उपचार नेपालमा सम्भव नभएपछि अमेरिका लैजान लागिएको हो ।
अमेरिकी दूतावासले आदित्य र उनका बुवा आमाको पासपोर्टमा मंगलबार भिसा हानेको पारिवारिक स्रोतले जानकारी दिएको छ । सरकारले आर्थिक सहयोग गर्ने भएपछि अमेरिका लैजान सम्भव भएको आदित्यका बुबा शेषराज दाहालले बताउँनु भएको हो ।
मन्त्रिपरिषदले आदित्यको उपचारका लागि लाग्ने खर्च दिने निर्णय गरेको छ । सरकारी जागिरे आदित्यका बुवा र आमाले अमेरिका यात्राका लागि एक महिना बिदा लिएका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित स्ट्याण्डफोर्ड अस्पतालमा आदित्यको उपचार हुनेछ । अमेरिकाको क्यालिफोर्नियास्थित स्ट्याण्डफोर्ड अस्पतालमा आदित्यको उपचार हुनेछ । आगामी २७ जुलाइका लागि डाक्टरको अप्वाइन्टमेन्ट फिक्स भएको बुबा शेषराजले बताए । आदित्य आफैंले पहिलेदेखि अमेरिकामा उपचार गराउने इच्छा व्यक्त गर्दै आएका थिए । अस्पताल पनि उनी आफैंले छनोट गरेका हुन् ।