शान्तिपूर्ण प्रदर्शनमा दमन भएको भन्दै झापामा पनि बन्द

साउन ६, झापा – शान्तिपूर्ण प्रदर्शनमा सरकारी दमन भएको भन्दै राप्रपा नेपालले आज झापा पनि बन्द गर्दा जनजीवन प्रभावित भएको छ । नेपाललाई हिन्दु राष्ट्र घोषणा, धर्मनिरपेक्षताको खारेजीलगायत माग गर्दै शान्तिपूर्ण ढंगले गरिएको प्रर्दशनमा हेटौडा लगायत देशका विभिन्न ठाँउमा दमन भएको भन्दै आज बन्द गरिएको राप्रपा नेपालका जिल्ला अध्यक्ष अम्बर बहादुर विष्टले जानकारी दिनुभयो । बन्दले ठुला तथा लामो सवारी साधनहरु बन्द भएको प्रहरीले जनाएको छ ।