भारतमा नक्सालवादी नेताको मूल्य तोकियो, पक्राउ गर्नेलाई पुरस्कार

साउन ६ , काठमाडौँ – भारतको झारखण्ड राज्य सरकारले नक्सलवादी समूहमा आवद्ध नेताहरुलाई पक्राउ गर्नेलाई पुरस्कार ताकेको छ । शीर्ष ७३ नेतालाई पक्राउ गर्नेलाई पुरस्कार स्वरुप ८ करोड दिने घोषणा गरेको छ । मूल्य तोकिनेमा भारतीय माओवादी र पिपुल्स लिबरेशन फ्रन्ट अफ इन्डियाका कार्यकर्ता रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो समय निकै सक्रिय बनेको नक्सलवादीको आक्रमणमा थुप्रै सुरक्षाकर्मी मारिएपछि झारखण्ड सरकारले उनीहरुको पक्राउका लागि पुरस्कार नै तोकेको हो । सबैभन्दा बढी २५ लाख मूल्य तोकिएको छ भने तल्लो तहका कार्यकर्ताका लागि दुई लाख तोकिएको छ ।