समयमै काम सम्पन्न नगर्ने बैतडीमा एकसय ५२ विद्यालयको खाता रोक्का

साउन ६, बैतडी – समयमै काम सम्पन्न नगर्ने बैतडीका एकसय ५२ ओटा विद्यालयको बैंक खाता रोक्का गरिएको छ । भौतिक सुविधा विस्तारको कार्य तथा समयमै अडिट नगर्ने प्रावि, निमावि, मावि र उच्च माविको खाता रोक्का गरिएको जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ । समयमै काम सम्पन्न नगर्ने विद्यालयलाई काम सम्पन्न गर्न दबाब दिने उदेश्यले खाता रोक्का गरिएको जिल्ला शिक्षा कार्यालय बैतडीका ओभरसेयर शेरबहादूर विष्टले वताउनुभयो ।

खाता रोक्का हुने विद्यालयहरुमा दुई कोठे भवन निर्माण, छात्रा शौचालय निर्माण, विद्यालय शौचालय मर्मत त्यसैगरि मल्टी स्टोर, सघन मर्मत, वाह्य वातावरण सुधारको जिम्मा समयमै पूरा नगर्ने विद्यालयहरू रहेको विष्टले वताउुभयो । खाता रोक्का गरेर पनि काम सम्पन्न नगर्नेलाई थप कारबाही गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।