राप्रपा नेपालको बन्दले मकवानपुरमा प्रभाव

साउन ६, काठमाडौँ – राप्रपा नेपालले आज मकवानपुर बन्द आव्हान गरेको छ । हिजो हेटौंडामा भएको सुझाव संकलन कार्यक्रममा हिन्दु राज्यको माग गर्दै गरेको नाराबाजीका क्रममा प्रहरी हस्तक्षेप भएको विरोधमा आज जिल्ला बन्द आव्हान गरेको हो । राप्रपाका कार्यकर्ताहरुले आज सदरमुकाम हेटौंडाका कुनै पनि पसल खुलाउन दिएका छैनन् ।