टाइफाइट र झाडापखालाको नयाँ विरामी देखिन थाले

साउन ५ ,सिन्धुपाल्चोक – भूकम्प अति प्रभावित सिन्धुपाल्चोक जिल्लामा टाइफाइट र झाडापखालाको नयाँ विरामी देखिन थालेका छन् । दूषित पानी खाएकाले प्रभावितहरुमा सुरुवा रोगको जोखिम बढेको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

नयाँ विरामी देखिएको सिन्धुपाल्चोकको बतासे गाविसमा आवश्यक मात्रामा औषधी पठाइसकिएको र आवश्यक परे चिकित्सकको टोली पठाउने महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले बताउनुभयो । ग्रामिण क्षेत्रमा स्थानियबासिन्दाले पानी शुद्धिकरण नगरी पानी खाने गरेकाले वर्षा लागेपछि सरुवा रोगको जोखिम झन् बढ्दै गएको उहाँको भनाई छ ।
शुद्धिकरण गरेको पानीको स्वाद केहि खल्लो हुने भएकाले भधेरैले सिधैँ खोला नाला, कुवा र धाराबाट पानी पिउने गरेका छन् । विरामीहरुको स्थानीय स्वास्थ्यसंस्थामा र सदरमुकाम चौतारामा भैरहेको छ । यस्तै प्रभावित क्षेत्रमा खानेपानीको व्यव्स्था गर्न पनि टोली खटाइएको छ ।
भूकम्प अति प्रभावित अरु केहि जिल्लामा पनि टाइफाइट र झाडापखालाका फाट्फुट्ट बिरामी देखिएका छन् । रोग लाग्न नदिन खानपानमा विशेष ध्यान दिन डाक्टरले मरासिनीको सुझाव छ ।