कोशी अञ्चलमा बन्दका कारण जनजीवन प्रभावित

साउन ५ , झापा – यातायात ब्यवसायी महासंघले आह्वान गरेको बन्दका कारण आज कोशी अञ्चलमा सार्वजनिक सबारी साधन चल्न सकेको छैन ।

सार्वजनिक सबारी साधन संचालन नभएपछि लामो तथा छोटो दूरीमा यात्रा गर्ने यात्रुहरु मारमा परेका छन् ।
बन्दको प्रभाव सुझाव संकलन टोलिमाथि समेत परेको हाम्रा संवाददाताहरुले जनाएका छन् । बन्दका कारण कोशी अञ्चलका मोरङ्ग, सुनसरी, धनकुटा सहित ६ जिल्लामा यातायातका साधन ठप्प वनेको हो ।
केहि दिन अघि कोशी राजमार्ग अन्तर्गत तरहरा धरान सडकखण्डमा एक महिलाको अज्ञात यातायातको साधनले ठक्कर दिएर मृत्यु भएको घटनालाई लिएर प्रहरीले निर्दोष सवारी साधनलाई नियन्त्रणमा लिएको भन्दै सोको बिरोधमा यातायात ब्यवसायी महासंघ सहित बिभिन्न यातायात ब्यवसायी संघ बिरोधमा उत्रिएका हुन् ।