बाबाको गीतमा छोरी मोड्लिङमा जम्दै

काठमाडौँ –  दुनियाको सामु गीतको म्युजिक भिडियोको सुटिंग सम्पन्न भएको छ  । निकै नै उत्कृष्ट शब्द अशोक गुरुङ ले यस गीतमा  शब्द भर्नु भएको छ ,शिखर सन्तोषको संगीत र दीपा नारायण झा र सुबाश पराजुलीको स्वरमा सजिएको मन छुने गीत “दुनियाको सामु” को राजधानीका रमणीय स्थानहरुमा म्युजिक भिडियोको छायाकन सम्पन्न भएको छ । गोदावारीका उत्कृष्ट दृश्यहरु भिडियोमा कैद गरिएको निर्देशक सशान कंडेलले जानकारी दिए । 11758932_1097569850273141_454566836_n

दर्शकले भिडियोमा अर्जुन तिवारीको छायांकन अनि चर्चित मोडल सनम कठायत  र गायक सुबाश पराजुलीको  सहोदर छोरी मोनालिशा पराजुलीको उत्कृष्ट अभिनय देख्न पाउने छन । हाल भिडियोको सम्पादन निशान घिमिरेले गरिरहेका छन  ।

11759068_1097570540273072_828317969_n