काठमाडौंका कुनकुन ठाउँमा हुदै छ सुझाब संकलन ?

साउन ३, काठमाडौँ – संविधानको मस्यौदामाथि सुझाव संकलन गर्नकै लागि काठमाडौँको दश वटै निर्वाचन क्षेत्रमा स्थान तय गरिसकिएको संविधानसभा सचिवालयले जनाएको छ ।

जसअनुसार काठमाडौँको निर्वाचन क्षेत्र नं १ का जनताले दशरथ रङ्गशाला, विजयस्मारक स्कूल, बानेश्वर व्याङ्कुइट र भिएस निकेतन स्कूलमा गएर आफ्नो सुझाव दिन सक्नेछन् ।
त्यस्तै, क्षेत्र नं २ का लागि भगवती मावि साँखु, सरस्वती मावि कोटेश्वर, आस्था पार्टी प्यालेस थली र गोल्डेनगेट मावि पुरानो बानेश्वर तय गरिएको छ ।
क्षेत्र नं ३ का लागि आलापोटको कागेश्वरी पुस्ताकालय, सुन्दरीजलको ओख्रेनी मावि, समता स्कूल नयाँबस्ती बौद्ध तय गरिएको छ ।
क्षेत्र नं ४ का जनताले बास्केटबल कोर्ट गोल्फुटार, मिलनचोक पार्टी प्यालेस, गोल्डेन लाइट पार्टी प्यालेस र अग्रवाल भवन कमलपोखरीमा पुगेर सुझाव दिन सक्नेछन् ।
क्षेत्र नं ५ मा पुरानो गाविस भवन टोखा, धुम्बाराही पार्टी प्यालेस, धापासी नेचर क्लब र परेली पार्टी प्यालेस तोकिएको छ ।
क्षेत्र नं ६ मा मानसिंह धर्म उच्चमावि, लैनचौरमा दुग्ध विकास संस्थान नजिकै र पब्लिक बोर्डिङ स्कुल तोकिएको छ । क्षेत्र नं ७ का लागि भने बालाजु पार्क, क्षेत्र नं ८ का लागि ज्ञानोदय उच्चमावि बाफल, क्षेत्र नं ९ का लागि तीनकुने ग्राउण्ड कुलेश्वर र बलम्बु गुर्जुधारा, जिविसको पुरानो भवनलाई सुझाव दिने स्थानका रूपमा तय गरिएको छ ।
क्षेत्र नं १० का जनताले पाँगा पार्टी प्यालेस कीर्तिपुर, त्रिभुवन आदर्श विद्यालय फर्पिङ, दक्षिणकाली नगरपालिका र सतुङ्गल पार्टी प्यालेस, सतुङ्गल चन्द्रागिरि नगरपालिकामा सुझाव दिनसक्नेछन् ।
हिमाली तथा दुर्गम क्षेत्रका लागि गृह मन्त्रालयको व्यवस्थापनमा हेलिकप्टरको व्यवस्था गरिएको छ भने सुगम स्थानमा सडकबाटै जाने व्यवस्था मिलाइएको छ ।