दोस्रो टेष्टमा अष्ट्रेलिया बलियो

साउन ३, काठमाडौँ – इंङ्गल्याण्ड बिरुद्धको दोस्रो टेष्ट क्रिकेटमा अष्ट्रेलिया बलियो अवस्थामा पुगेको छ ।

शनिबार तेस्रो दिनको खेल सकिंदा अष्ट्रेलियाले घरेलु टोली इङ्गल्याण्डसँग ३ सय ६२ रनको अग्रता लिएको छ ।
पहिलो इनिङमा इङ्गल्याण्ड ३ सय १२ रनमा समेटिएपछि अष्ट्रेलियाले २ सय ५४ रनकोअग्रता लिएको थियो ।
दोस्रो इनिङमा पनि शानदार सुरुवात गरेको अष्ट्रेलियाले बिना कुनै विकेटको नोक्सानीमा १ सय ८ रन जोडिसकेको छ ।
अष्ट्रेलियाका डेभिड वार्नरले ६० रन तथा क्रिश रोजर्सले ४४ रनको अवस्थाबाट आज चौथो दिनको खेल सुरु गर्नेछन् ।
अष्ट्रेलिया र इंग्लण्डविचको पहिलो टेष्ट घरेलु टोली इंग्लण्डले जितेको थियो भने दोस्रो टेष्टमा अष्ट्रेलिया बलीयो अवस्थामा पुगेको छ ।