मुुस्लीम समुदायले आज देशभर इद उल फित्र मनाउँदै

साउन ३, काठमाण्डौ- मुस्लीम समुदायको पवित्र एकमहिने पर्व रमादान पर्व (रोजा) ब्रत पूरा भएको खुसियालीमा आज मुसलमान समुदायले देशभर इद उल फित्र मनाउँदैछ । अति नै कठिन ब्रतका रुपमा लिइने सो ब्रत बिहान ३ः३५ बजेदेखि सुरु भई साँझ ७ः०५ बजेसम्म निराहार रही विभिन्न इस्लामिक धर्मग्रन्थ पाठ गरी बस्ने प्रचलन रहेको केन्द्रीय हज समितिका अध्यक्ष ताज मोहम्मद मियाले जानकारी गराउनुभयो । सो समयमा नराम्रा काम गर्न नहुने र नराम्रा कुरा सुन्न तथा हेर्न नहुने जस्ता कडा नियम छन् । रोजा ब्रत आज सम्पन्न हुने भएकाले त्यसको खुसियालीमा मुसलमान समुदायले आइतबार इद उल् फित्र मनाउने उहाँले बताउनुभयो ।

रमादान महिना गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाको विशेष व्यवस्था गरेको मानिन्छ । अध्यक्ष मियाका अनुसार सामान्यतः साढे सात तोला सुन र ५२ तोला चाँदीभन्दा बढी आर्थिक क्षमता भएका मुसलमानले आफ्नो कमाइको साढे दुई प्रतिशत रकम गरिब, असहाय र दीनदुःखीलाई बाँड्नुपर्ने व्यवस्था रहिआएको छ । इद उल् फित्रका अवसरमा एक आपसमा खुसियाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । सरकारले इद उल् फित्रका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । ईदको अवसरमा प्रधानमन्त्रि सुशिल कोईरालालो शुभकधामना व्यक्त गर्नु भएको छ । स्वदेश तथा विदेशमा रहनु भएका मुस्लीम समुदायको सुख्ख शान्ति, समृद्धि र उत्तर उत्तर प्रगतिको कामना गर्नु भएको छ ।