अनुसन्धान गर्ने प्रहरी अब सादा पोसाकमा

साउन ३, काठमाडौँ – अपराध अनुसन्धान गर्ने प्रहरीले अब सादा पोसाकमा काम गर्ने भएका छन् । प्रहरी मुख्यालयले बिहीबार अपराध अनुसन्धान गर्ने सबै प्रहरी कार्यालयलाई पत्राचार गरेर अपराध अनुसन्धान (मुद्दा फाँट) मा काम गर्ने प्रहरीलाई सादा पोसाकमा काम गराउन निर्देशन दिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

प्रहरीका १ सय ९८ प्रहरी एकाइले अपराध अनुसन्धानको काम गर्छन् । अपराध अनुसन्धान विभागका प्रमुख अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहले सेवा विशिष्टीकरणको सुरुवातका क्रममा मुद्दा अनुसन्धान गर्ने प्रहरी सादा पोसाकमा रहने व्यवस्था गर्न लागिएको जानकारी दिए ।
‘अपराध अनुसन्धान गर्नेले त्यही मात्र काम गरिरहोस् भन्ने उद्देश्य हो,’ शाहले भने ‘एक व्यक्तिलाई एक जिम्मेवारी नदिइँदासम्म अपराध अनुसन्धान बलियो हुँदैन ।’ यसअघि मुद्दा फाँटमा काम गर्ने प्रहरीहरू नै अन्य ड्युटीमा समेत खटिने गरेका थिए । भीड, हुलदंगा हँुदा तुरुन्तै सबै प्रहरीलाई सडकमा परिचालन गर्ने गरिएको थियो ।