“म त मर्छु” गीतको म्युजिक भिडियोमा दीपेश र दीपा

साउन,काठमाडौं – जन्मे पछी सबैले मर्नै पर्छ । मृत्युको यो साश्वत सत्यलाई समेटी गायत्री थापाको शब्द,श्रीकृष्ण बम मल्लको संगीत र राम चन्द्र काफ्लेको स्वरमा सजिएको मन छुने गीत “म त मर्छु’ एक दीन त मर्छु” को राजधानीका रमणीय स्थानहरुमा म्युजिक भिडियोको छायाकन सम्पन्न भएको छ । कोटेश्वर र गोदावारी का उत्कृष्ट दृश्यहरु भिडियोमा कैद गरिएको निर्देशक जीवन सेन्चुरीले जानकारी दिए ।

भिडियो मा दर्शकले चर्चित मोडल दीपेश कार्की र उनको सहोदर बहिनी दीपा कार्कीको उत्कृष्ट अभिनय देख्न पाउने छन । हाल भिडियोको सम्पादन कार्य भइरहेको निर्देशक सेन्चुरीले जानकारी दिए । यसरी दाई र बहिनी प्रेमी प्रेमिकाको भूमिकामा बिरलै देख्न पाईन्छ । दीपेश र दीपाको यो जोडिलाई दर्शकले कत्ती रुचाउने हुन त्यो त समयले बताउला ।