विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरै, जर्सीसँग ७ विकेटले पराजित

साउन २, काठमाण्डौ – टी–२० विश्वकप छनौट प्रतियोगिताबाट जर्सीसँग ७ विकेटले पराजित संगै  नेपाल बाहिरीएको छ । आयरल्याण्डमा जारी प्रतियोगिताको अन्तिम खेलमा जसीसँग पराजित भएको हो ।

टस हारेर व्याटीङ गरेको नेपालले १०५ रन बनाएर जसीलाई १०६ रनको विजयी लक्ष्य दिएको थियो ।
जर्सीले तीन विकेटको क्षतीमा १६.१ ओभरमा खेल पुरा गरेको थियो । यो सँगै नेपाल विश्वकप छनौटबाट औपचारिक रुपमा बाहिरीएको छ ।