एनसीसी र एनबी बैंक मर्जेर हुने

साउन २, काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक र नेपाल बंगलादेश बैंक (एनबी) गाभिने भएका छन ।एनसीसीबैंकका सेयरधनीले बैंक मर्जरको जिम्मा राष्ट्र बैंकलाई सुम्पेका छन् ।

रुपन्देहीको सिद्धार्थनगरमा सम्पन्न बैंकको १६ र १७औं विषेश साधारणसभाले राष्ट्र बैंकको व्यवस्थापन टोलीलाई मर्जरको जिम्मा दिने निर्णय गरेको हो ।

छिट्टै मर्जर कमिटि गठन गरी संभाव्य संस्थाहरुको खोजी कार्य तीब्र पार्ने राष्ट्र बैंकले एनसीसीको सुधारका लागि पठाएको व्यवस्थापन समितिका संयोजक शिवनाथ पाण्डेले जानकारी दिए । ‘जतिसक्दो चाँडो मर्ज गराई लगानीकर्तालाई बैंक सुप्पिएर राष्ट्र बैंक फर्किनेछ ।’ पाण्डेको भनाइ छ ।
लगानीकर्ताको समुह एउटै भएकाले नेपाल बंगलादेश बैंक (एनबी) सँग मर्जरको छलफल भइरहेको उनले जानकारी दिए ।
बैंकका मूख्य लगगानीकर्ता एनबी समूह र निर्मल प्रधान समूहबीच सञ्चालक समितिमा एकले अर्कोलाई निषेध गरेकाले बैंक समस्यामा परेपछि १५ महिनाअघि राष्ट्र बैंकले सञ्चालक समिति ‘टेकओभर’ गरी सुधारको प्रक्रिया सुरु गरेको थियो ।